कांग्रेस कोशीको उद्घाटन गर्दै शेरबहादुर देउवाले भने – ‘बढी बोल्नेले आफूलाई सिध्याउँछ’

शनिबार, २२ मंसिर २०८१
इटहरी : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बढी बोल्ने मानिसले आफूलाई नै सिध्याउने बताएका छन् । शनिबार कांग्रेस कोशीको पहिलो सम्मेलन उद्घाटन गर्दै देउवाले डा. शेखर कोइरालालाई लक्षित गर्दै भने भने, ‘बढी बोल्नेले आफूलाई सिध्याउँछ । भोलिका दिनमा सबैले यहाँका कुराहरूलाई मनन गर्नुपर्ने अवस्था छ ।’ डा. कोइरालाले केही दिनअघि विराटनगरमा पालिका सभापतिहरूको भेला भन्दै आफ्नो गुटका नेता तथा कार्यकर्तालाई भेला पारेका थिए । तर, उक्त कार्यक्रमले पार्टी नेतृत्वालाई कुनै प्रभाव नपरेको देउवाले जिकिर गरे । उनले सबैलाई कांग्रेस बलियो बनाउन पनि आह्वान गरे । स्थानीय तहदेखि ग्रासरूटसम्मलाई हामीले महत्व दिनुप¥यो । उनले अहिलेको सरकार ०८४ को निर्वाचन सम्मै जानेसमेत बताए । प्रधानमन्त्री केपी शर्मा ओली र आफूले प्रजातन्त्रको स्थायित्वको लागि लडेको समय बताए । देउवाले भने, ‘गठबन्धन पूरा समय जान्छ । किन झुट बोल्ने ?’ नेपाली कांग्रेस कोशीको पहिलो सम्मेलन आज (शनिबार) विराटनगरमा भएको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार