दमक विजनेश टावरको उद्घाटन गर्न प्रधानमन्त्री ओली भोलि झापा आउदैँ

शनिबार, २२ मंसिर २०८१
झापा : दमकमा बहुपयोगी १८ तले भवन निर्माण भएको छ । दमक नगरपालिका–३ दापगाछीमा १ अर्ब ४५ करोडको लागतमा निर्मित भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि आइतबार उद्घाटन गर्ने कार्यक्रम छ । ‘दमक बिजनेस कम्प्लेक्स’ नामकरण गरिएको उक्त भवन चिनियाँ निर्माण कम्पनी जेडसिजीआइ आइसी र आशिष् ओम साइराम कम्पनीले संयुक्त रूपमा बनाएका हुन् । सरकारले विकास समितिमार्फत भवन सञ्चालनको तयारी गरेको सहरी विकास तथा भवन निर्माण आयोजनाका इन्जिनियर भूपेन्द्र यादवले बताए । व्यापारिक प्रयोजनका निम्ति भवन उपयुक्त रहेको उनले बताए । प्रधानमन्त्री ओलीले नै ५ वर्षअघि भवन निर्माणको शिलान्यास गरेका थिए । यसैबिच, प्रधानमन्त्री ओलीले मेचीनगर – ४ बाहुनडाँगीस्थित मानव आश्रम भवनको भोलि नै उद्घाटन गर्ने कार्यक्रम छ । उनका साथ प्रथम महिला राधिका शाक्य पनि भवन उद्घाटन कार्यक्रममा सहभागी हुने नगरप्रमुख गोपाल बुढाथोकीले बताए ।

यो पनि-प्रधानमन्त्रीको कार्यक्रममा अवरोध गर्ने पहिचान पक्षधरको तयारी

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार