इटहरी : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पछिल्लो समय आम मानिसमा निराशा बढेको बताएका छन् । कांग्रेस कोशी प्रदेशको पहिलो सम्मेलनमा सम्बोधन गर्दै महामन्त्री थापाले मानिसहरूले निराशाको व्यापार गरेको बताए ।
‘हामीले सबै कर्महरू गरेर आउँदा पनि मानिसहरू किन सन्तुष्ट छैनन्?,’ उनले भने, ‘मानिसहरूले निराशाको व्यापार गरे । निराशा भन्दै गर्दा हामी कतै बढी पो बुझिरहेका छौँ कि ?’
उनले कांग्रेस पार्टीलाई सुदृढ बनाएर चलायमान बनाउन पनि आवश्यक रहेको बताए । ‘कांग्रेस माटो र मानिससँग जोडिएको छ,’ उनी भन्छन्, ‘कांग्रेस सरकारमा सहभागी भएपछि धेरै काम भएको छ ।’
डा. शेखर कोइरालाले संविधान संशोधनको कुरा कता पुग्यो भनेर यसअघि प्रश्न गरेको भएपनि जवाफ दिदैँ महामन्त्री थापाले संविधान संशोधनको विषयमा छलफल भइरहेको बताए ।
केही दिनअघि डा. कोइरालाको नेतृत्वमा विराटनगरमा पालिका सभापतिहरूको भेला आयोजना भएको थियो । उक्त भेलाको स्मरण गर्दै थापाले भने, ‘पालिका सभापतिको भेला गर्न पाइदैँन भन्ने होइन । कसरी गर्ने भन्ने कुर हेक्का राखौँ ।’
प्रतिक्रिया