पोखराका दुर्गा हुमागाई बने लायन्सको द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर

आइतबार, ०५ चैत्र २०७९
पोखरा । गण्डकी प्रदेशको पोखराबाट आफुलाई अब्बल ब्यावसायिका रुपमा परिचित गराउदै सामाजिक क्षेत्रमा समेत क्रियाशिल सफल मिडिया हाउस प्रालिका अध्यक्ष दुर्गाप्रसाद हुमागाई शतप्रतिसत एस भोट सहित लायन्स डिष्ट्रिक्ट ३२५ के नेपालको द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नरमा निर्वाचित भएका छन् । पोखरामा शनिबार सम्पन्न लायन्स क्लब्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ के नेपालको पहिलो कन्भेन्सनले लायन वर्ष २०२३/२०२४ का लागि डिष्ट्रिक्ट गभर्नरमा लायन सुचित्रा थापा, प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरमा लायन निरा बज्राचार्य र द्धितीय भाइस डिष्ट्रिक्ट गभर्नरमा लायन दुर्गाप्रसाद हुमागाईंलाई चयन गरेको हो । तीनैजना उम्मेदवारहरुले यसअघि शतप्रतिसत एस भोटको अपेक्षासहित नोमिनेसन दर्ता गराएका थिए । सामाजिक सेवामा अब्बल मानिने अन्तर्राष्ट्रिय संस्था अन्तर्गत लायन्स क्लब्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ के नेपालको पहिलो कन्भेन्सनबाट उनीहरुले शतप्रतिसत एस भोट पाएर निर्वाचित भएका हुन् । कन्भेन्सनको समुद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले गरेका थिए । त्यसअघि शनिबार बिहान चिप्लेढुंगाको मानवअधिकार चोकबाट पोखरा सभागृहसम्म सांस्कृतिक झाँकि सहितको परेड आयोजना गरिएको थियो । ‘प्रथम कन्भेन्सन सम्पन्न गर्न २१ वटा विभिन्न उपसमिति बनाइएको थियो । डिष्ट्रिक्ट ३२५ के मा १५७ वटा क्लब आवद्ध रहेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार