हुम्ला जिल्लावासीलाई स्वच्छ, सुरक्षित खानेपानीमा आत्मनिर्भर बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

शुक्रबार, २८ मंसिर २०८१
हुम्ला।  खानेपानीमन्त्री प्रदीप यादवले हामी सबैको सामूहिक प्रयासले हुम्ला जिल्ला एक स्वच्छ, सुरक्षित र खानेपानीमा आत्मनिर्भर क्षेत्र बन्ने बताएका छन् । आज हुम्ला जिल्लाको सदरमुकाम सिमिकोट खानेपानी आयोजना वडा नं ५, ६ र ७ को अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री यादवले हुम्ला जिल्लावासीलाई स्वच्छ, सुरक्षित खानेपानीमा आत्मनिर्भर बनाउन सरकार प्रतिबद्ध रहेको बताए । उनले भने, “म तपाईहरु सबैलाई आह्वान गर्दछु  कि आफ्नो गाउँ र समुदायको सुधारमा हातेमालो गरौँ । हामी सबैको सामूहिक प्रयासले हुम्ला जिल्ला एक स्वच्छ, सुरक्षित, र खानेपानीमा आत्मनिर्भर क्षेत्र बन्ने छ ।” सोही क्रममा बोल्नु हुँदै मन्त्री यादवले हुम्लाको दुर्गम भूगोल र चुनौतीपूर्ण भौतिक अवस्थाका बाबजुद खानेपानी पहुँचको दिगो समाधानका लागि खानेपानी मन्त्रालयबाट यस आर्थिक वर्षमा सरकारले महत्त्वपूर्ण खानेपानी तथा ढल व्यवस्थापनका विभिन्न योजनाहरु अगाडि सारेको जानकारी दिए । उनले भने, “खानेपानी पहुँचको दिगो समाधानका लागि मन्त्रालयबाट महत्त्वपूर्ण खानेपानी तथा ढल व्यवस्थापनका योजनाहरु अगाडि सारेको छु । यस कार्यमा समुदायको सहकार्य र समर्थन आवश्यक छ ।” समुद्री सतहबाट दुई हजार नौँ सय मिटरको उचाइमा रहेको हुम्ला जिल्लाको सदरमुकाम सिमकोट क्षेत्र भौगोलिक रुपमा दुर्गम भएपनि यहाँका नागरिकहरुको आवश्यकता र अधिकारलाई राज्यले उपेक्षा गर्न नसक्ने समेत मन्त्री यादवले बताए। उनले भने, “यस क्षेत्रबाट मानसरोवर र कैलाश पवर्तको यात्रा सुरु हुन्छ, त्यसैले सिमकोटलाई कैलाश पर्वत र मानसरोवरको प्रवेशद्वारका रुपमा पनि चिनिन्छ ।यहाँका नागरिकको आवश्यकता उपेक्षा गर्न सकिने सवाल नै उठ्दैन ।” अनुगमनकै क्रममा मन्त्री यादवले आफूसहित सिङ्गो मन्त्रालय हुम्लाका सबै नागिरकलाई स्वच्छ र सुरक्षित पानी उपलब्ध गराउन प्रतिबद्ध रहेको जानकारी गराए । समुदाय (आधारित व्यवस्थापन) खानेपानी प्रणालीहरुको दीगो सञ्चालन र व्यवस्थापनका लािग स्थानीय समुदायको सहभािगता सुनिश्चित गर्ने तथा प्राकृतिक स्रोतको संरक्षण, जल स्रोतहरु जोगाउन र दीगो रुपमा उपयोग गर्न समुदायसँग मिलेर काम गिरने एवं संरक्षणका लागि कानुन र नीति कार्यान्वयनलाई प्रभावकारी बनाइने मन्त्री यादवको भनाई छ । सोही क्रममा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठले हुम्ला जिल्लामा खानेपानी प्रणालीहरुको दीगो सञ्चालन र व्यवस्थापनका लागि स्थानीय समुदायको सहभागिता सुनिश्चित गरिने बताए । हुम्ला जिल्लामा कम्तीमा पनि पाँच हजार भन्दा बढी घरधुरीमा सुरक्षित पानी पुर्‍याउनुका साथै बिद्यालय र स्वास्थ्य संस्थामा आधारभूत खानेपानी र सरसफाइको व्यवस्था गरेको जानकारी दिइएको थियो । हुम्लाका दुर्गम भूगोल र चुनौतीपूर्ण भौतिक अवस्थाका बाबजुद, खानेपानी पहुँचको दिगो समाधानका लागि खानेपानी मन्त्रालयबाट यस आर्थिक वर्षमा १७ वटा आयोजनाहरु कार्यान्वयन गिररहेका र जसमा कुल रु आठ दशमलब ५ करोड बजेट विनियोजन गरिएको जनाइएको छ ।

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार