नयाँ फिचरसहित शाओमीको रेडमी १५ र रेडमी १५सी सार्वजनिक, कति पर्छ मूल्य ?

बुधबार, १८ भदौ २०८२

काठमाडौं । विश्वप्रसिद्ध प्राविधिक कम्पनी शाओमीले दुई नयाँ आकर्षक मोडल– रेडमी १५ र रेडमी १५सी नेपालमा सार्वजनिक गरेको छ । यी दुवै स्मार्टफोन अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र नयाँ फिचरसहित उपभोक्तालाई उत्कृष्ट अनुभव दिलाउने उद्देश्यले बजारमा सार्वजनिक गरेको कम्पनीले जनाएको छ ।

रेडमी १५ विशेषगरी लामो समयसम्म ब्याट्री र उत्कृष्ट प्रदर्शन चाहने उपभोक्तालाई लक्षित गरिएको छ । यसमा ७ हजार एमएएच क्षमताको विशाल ब्याट्री छ । यसमा रहेको ३३ वाट फास्ट चार्जिङ सुविधाले छोटो समयमा चार्ज गर्न सकिन्छ भने १८ वाट रिभर्स चार्जिङ सुविधाका कारण आपतकालीन अवस्थामा पावर बैंकको रूपमा पनि प्रयोग गर्न सकिन्छ ।

यसको ६.९ इन्चको एफएचडीं डिस्प्ले रहेको र १४४ हर्ज रिफ्रेस रेटले अत्यन्तै सजिलो अनुभव प्रदान गर्दछ । टीयुभी राइनल्यान्ड ट्रिपल आईकेयरको सुविधा भएकाले आँखाको सुरक्षामा मद्दत गर्छ भने आकर्षक क्वाडकर्भ डिजाइनले फोनलाई सजिलै समात्न र प्रयोग गर्न सहज बनाएको छ । साथै, आईपी६४ सुरक्षाले सामान्य धुलो र पानीका छिटाबाट समेत सुरक्षित राख्छ ।

फोटोग्राफीका लागि ५० मेगापिक्सेल एआई डुअल क्यामेरा र ८ मेगापिक्सेल फ्रन्ट क्यामेरा रहेको यस फोनमा स्न्यापड्रागन ६८५ चिप, हाइपरओएस २, गुगल जेमिनी र २ टेराबाइटसम्मको स्टोरेज सुविधा दिइएको छ ।

यस्तै, रेडमी १५सी आफ्नो ७.९९ मिलिमिटर स्लिम र प्रिमियम डिजाइनका कारण आकर्षक देखिन्छ । यसमा ६००० एमएएच क्षमताको ब्याट्री, ३३ वाट फास्ट चार्जिङ, १० वाट रिभर्स चार्जिङ सुविधा र २ वर्षको वारेन्टी उपलब्ध छ । यसमा ६.९ इञ्चको एचडीं डिस्प्ले, १२० हर्ज रिफ्रेस रेट, मेडियाटेक हेलियो जी८१–अल्ट्रा प्रोसेसर, ५० मेगापिक्सेल एआई डुअल क्यामेरा, ८ मेगापिक्सेल फ्रन्ट क्यामेरा र १ टेराबाइटसम्मको एक्सप्यान्डेबल स्टोरेज सुविधा रहेको छ । साथै, हाइपरओएस २, गुगल एआईका ‘सर्कल टु सर्च’ तथा ‘जेमिनी’ जस्ता स्मार्ट फिचर र आईपी६४ सुरक्षा सुविधा पनि उपलब्ध छन् ।

शाओमीले रेडमी १५ लाई स्यान्डी पर्पल, टाइटन ग्रे र मिडनाइट ब्ल्याक रंगमा उपलब्ध गराएको छ भने रेडमी १५सी मिडनाइट ब्ल्याक, मूनलाइट ब्लु र मिण्ट ग्रिन रंगमा उपलब्ध छ ।

रेडमी १५ को ६ जीबी र्‍याम, १२८ जीबी स्टोरेज भेरियन्टको १८,९९९ रुपैयाँ र ८ जीबी र्‍याम, २५६ जीबी स्टोरेज भेरियन्टको २१,९९९ रुपैयाँमा पाइने कम्पनीले जनाएको छ ।

यस्तै, रेडमी १५सी को ४ जीबी र्‍याम, १२८ जीबी स्टोरेज भेरियन्ट १४,९९९ रुपैयाँ, ६ जीबी र्‍याम १२८ जीबी स्टोरेज भेरियन्टको १६,४९९ रुपैयाँ र ८ जीबी र्‍याम, २५६ जीबी स्टोरेज भेरियन्टको १८,९९९ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार