धरान : धरानबाट एक सय २३ किलो गाँजा सहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-१७ बस्ने ३१ वर्षीय धनबहादुर भण्डारी रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जबेगुले जानकारी दिएका छन् ।
इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले प्रदेश १-०२-००२ ह १६५५ नम्बरको रातो ट्याम्पोलाई रोकेर जाँच गर्ने क्रममा ७ वटा बोरामा गाँजा फेला पारेको डिएसपी जबेगुले बताए ।
पक्राउ परेका भण्डारीको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया