काठमाडौं : विदेश पठाउने बहानामा ठगी गरेको पाइएको छ । विदेश पठाउने बहानामा २२ लाख रुपैयाँ भन्दा बढी ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धनुषाको गणेशमान चारधाम नगरपालिका–४ घर भएका ३८ वर्षीय राजकुमार चौधरी, धनुषाकै मटिहानी नगरपालिका–९ घर भएका ३९ वर्षीय रुपेश कुमार चौधरी छन् ।
उनीहरूमाथि युवायुवतीलाई विदेश पठाउने भन्दै रकम उठाएर ठगी गरेको आरोप लागेको छ ।
राजुले २ जनाबाट ६ लाख ३० हजार र रुपेशले १ जनाबाट १६ लाख रुपैयाँ ठगी गरेको उजुरी परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजिकुमार आचार्यले जानकारी दिए ।
पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया