महोत्तरीमा लुटेरा समूहद्वारा पूर्व गाविस सचिव झाको हत्या र लुटपाट

शनिबार, ०६ पुस २०८१
महोत्तरी : महोत्तरीमा डाँका समूहले एकजनाको हत्या गरेको छ । महोत्तरीको मनरा शिसवा नगरपालिका-४ साढाका ७० वर्षीय सुशील झाको हत्या गरेको हो । आज बिहान ४ बजेको समयमा आएका ७-८ जनाको सङ्ख्यामा आएको लुटेरा समूहले झाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । हत्या गरिएका झा पूर्व गाविस सचिव समेत हुन् । डाँकाले घरमा रहेको मङ्गलसूत्र र औंठी र नगद ८० हजार लुटेर लगेको प्रहरीले जनाएको छ । मृतक झाको शव अहिले घटनास्थलमै छ ।  घटना विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार