प्रधानमन्त्री दाहालविरुद्ध युवाहरुले लगाए नारा

मंगलबार, ०७ चैत्र २०७९
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध काठमाडौंको बानेश्वरमा नाराबाजी भएको छ। ५८औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलनसम्बन्धी कार्यक्रममा सहभागी हुने क्रममा मंगलबार उनीविरुद्ध नाराबाजी भएको हो । कार्यक्रममा एक युवाले प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै प्रहरीलाई आग्रह गरेका थिए । प्रहरीले भने उनलार्य पक्राउ गर्न खोजेको थियो । त्यसपछि ती युवाले ‘आतंककारी प्रचण्ड मूर्दावाद’ भन्दै नारा लगाएका थिए । त्यहीँ उपस्थित अर्का युवाले प्रहरीले मुख बन्द गर्न पाइँदैन भन्दै नारा लगाएका थिए । दुवै युवालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरी नियन्त्रणमै रहेका बेला पनि उनीहरुले गरिब मारा प्रचण्ड मूर्दावाद, मूल्यवृद्धि खारेज गर्, नालयक सरकार होसियार, युवालाई मार्न पाइँदैन यस्तो सरकार चाहिँदैन, ७७ जिल्लाका युवा एक हौं भन्दै नारा लगाएका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार