दक्षिण कोरियामा जहाज दुर्घटना अपडेट: मृत्यु हुनेको सङ्ख्या ६२ पुग्यो

आइतबार, १४ पुस २०८१
काठमाडौँ । दक्षिण कोरियामा विमानस्थलमै भएको जहाज दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ६२ पुगेको छ । आइतबार बैंककबाट आएको जेजु एयरको ७ सी २२१६ कलसाइनको जहाज मुआन अन्तर्राष्ट्रिय विमानस्थलभित्र दुर्घटना भएको थियो । दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ६२ पुगेको उद्धारमा खटिएका अधिकारीहरूलाई उद्धृत गर्दै दक्षिण कोरियाको समाचार संस्थाहरूले जनाएको छ । मुआनमा अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर जहाज पर्खालमा ठोक्किएको थियो । पर्खालमा ठोक्किएपछि जहाजमा आगो लागेको थियो । जहाजमा १७५ यात्रु र चालक दलका ६ सदस्य सवार थिए । दुर्घटनामा जहाज पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने उद्धार कार्य चलिरहेका कारण मृत्यु हुनेको सङ्ख्या पनि बढ्न सक्ने बताइएको छ ।

प्रतिक्रिया

नेपाल न्युज बैंक
लेखकको बारेमा
नेपाल न्युज बैंक

नेपाल न्युज बैंक समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार