सुनसरी र ताप्लेजुङबाट लागुऔषध सहित ५ जना पक्राउ

आइतबार, १४ पुस २०८१
इटहरी । सुनसरी र ताप्लेजुङबाट नियन्त्रित औषधी र लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो (शनिबार) राती ७ बजे अस्थाई प्रहरी पोष्ट श्यामचौकबाट खटिएको प्रहरी टोलीले सुनसरीको धरान उपमहानगरपालिका १५ मिलन चौक स्थितमा स्कुटरमा सवार सोही स्थानका २७ बर्षीय सन्जिप गिरी र २३ बर्षीय रोजेश श्रेष्ठलाई नियन्त्रित औषधी स्पासपेन १२३ ट्याबलेट र लागुऔषध ट्रामाडोल ११७ क्याप्सुल सहित पक्राउ गरेको हो । यसैगरी हिजो (शनिबार) बिहान साँढे ४ बजे ताप्लेजुङ फुङलिङ नगरपालिका ४ गोस लाईन स्थितबाट जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले फुङलिङ ८ का २० बर्षीय राम तामाङ, फुङलिङ ४ का २१ बर्षीय सोनुहाङ लिम्बु र पाथिभरा याङवरक १ का १९ बर्षीय सुमन तामाङको साथबाट नियन्त्रित औषधी स्पासपेन १८ ट्याबलेट र लागुऔषध ट्रामाडोल १८ क्याप्सुल सहित पक्राउ गरेको छ । पक्राउ परेका सबै जनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार