स्वर्णलक्ष्मी सहकारी : प्रहरीले सरकारी वकिललाई बुझायो प्रतिवेदन, लामिछानेसहित ४४ जना प्रतिवादी

विहीबार, १८ पुस २०८१
काठमाडौँ : जिल्ला प्रहरी परिसर काठमाडौँले कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम ठगी प्रकरणमा अनुसन्धान सकेर बिहीबार आफ्नो प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँलाई बुझाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइएको परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । लामो अनुसन्धानपछि प्रहरीले आज प्रतिवेदन बुझाएको हो । प्रहरीका अनुसार उक्त प्रतिवेदनमा प्रतिवादीहरूमाथि एक अर्ब १९ करोड बिगो कायम गर्नुपर्ने माग गरिएको छ । स्वर्णलक्ष्मी ठगी प्रकरणमा ४४ जनामाथि नै पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ । सङ्गठित रूपमा नै रकम ठगी भएको प्रहरीले निष्कर्ष निकालेको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले अनुसन्धान प्रतिवेदन अध्ययन गरेर अभियोजन प्रक्रिया अगाडि बढाउने जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार