धरान : धरान उपमहानगरपालिकाको राजस्व शाखाले आर्थिक वर्ष २०८१/८२ मा गत साउन महिनादेखि मंसिर महिना सम्ममा १० करोड बढी राजस्व सङ्कलन गरेको छ ।
आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा १० करोड ९४ लाख ७४ हजार ४६ रुपैयाँ ३८ पैसा संकलन गरेको हो ।
चालु आर्थिक वर्षमा कार्यालयले कूल ४२ करोड ३५ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा पाँच महिनामा १० करोड बढी राजस्व सङ्कलन भएको राजस्व महाशाखा विभागको प्रमुख खगेन्द्र खतिवडाले जानकारी दिए ।
गत साउन महिनायता मंसिर महिनासम्ममा सङ्कलित आयकर सम्पति करमा एक करोड ५६ लाख ६३ हजार २ सय ८३ रुपैयाँ संकलन भएको उनले जनाए । यसैगरी भूमिकरबापत ३५ लाख ६२ हजार सात सय ११ रुपैयाँ संकलन भएको छ । यस्तै, बहाल कर दुई लाख ३० हजार ४ सय रुपैयाँ रहेको छ ।
तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/०८१ मा २४ करोड ७५ लाख ४१ हजार राजस्व सङ्कलन भएको थियो । त्यसवर्ष ३६ करोड १२ लाख ६ हजार जस अनुमानित गर्दा उक्त राजस्व संकलन भएको खतिवडाले बताए ।
यसैगरी अघिल्लो आर्थिक वर्ष २०७९/८० मा २३ करोड ७१ लाख २२ हजार राजस्व सङ्कलन गरिएको थियो ।
प्रतिक्रिया