धरान : धरानमा लागूऔषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
आज (शनिबार) गोप्य सूचनाको आधारमा धरान उपमहानगरपालिका वडा नं. ११ स्थित गैरीगाँउमा लागूऔषध बिक्री वितरण हुँदैछ भन्ने सूचनाको आधारमा अस्थाई प्रहरी चौकी जोरसखुवाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा स्थानीय २८ वर्षीय विनोद आचार्य रहेका छन् ।
घरको कोठा खानतलासी गर्दा लुकाईछिपाई राखेको लागूऔषध ट्रामाडोल चार सय चार क्याप्सुल र नियन्त्रित औषधी स्पासमो नौ सय ट्याब्लेटसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया