काठमाडौँ : विराटनगर महानगरपालिका–१३ कोशी राजमार्गबाट ६ वटा दुर्लभ जनावर सुन गोहोरोसहित दुई जना पक्राउ परेका छन् ।
भारतबाट विराटनगरतर्फ आउँदै गरेका उनीहरूलाई आज बिहान पक्राउ गरिएको हो ।
सुनसरीको बर्जु गाउँपालिका–१ का ५८ वर्षीय बुद्धि ऋषिदेव र ५६ वर्षीय सुरेश ऋषिदेवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई कारबाहीका लागि जिल्ला डिभिजन वन कार्यालय पठाएको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया