पोखरा : सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई अदालतले धरौटीमा छाड्न आदेश दिएको छ ।
बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले पूर्वडीआईजी जोशीलाई ८८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।
रास्वपा सभापतिसमेत रहेका रवि लामिछाने गोरखा मिडिया नेटवर्कमा प्रबन्ध निर्देशक रहँदा पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको आरोपमा गत कात्तिक २ गते पक्राउ परेका थिए ।
जोशी पनि सो कम्पनीका सञ्चालकमध्येका एक थिए । उनीहरूमध्ये दुवैजनालाई बिहीबार अदालतले धरौटीमा छाड्ने आदेश दिएको हो ।
लामिछानेलाई भने ६५ लाख रुपैयाँ धरौटीमा छाड्ने अदालतले आदेश दिएको छ ।
प्रतिक्रिया