काठमाडौं : काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको थुनछेक सम्बन्धी बहसअन्तर्गत सुनुवाइ सकिएको छ । बहस सकिएसँगै यसबारे आज नै आदेश आउने भएको हो ।
रविको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ र सुशील पन्तले बहस गरेका थिए । उनीहरू दुवैले रवि निर्दोष रहेको दाबी गर्दै तारेखमा मुद्दा पुर्पक्ष गर्न पाउनुपर्ने जिकिर गरेका थिए ।
उनीहरूको बहसपछि सरकारी वकिलका तर्फबाट जवाफी बहस भएको थियो । त्यस्तै, पीडितका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले जवाफी बहस गरेका थिए ।
उक्त बहस सकिएसँगै अब लामिछानेलाई पुर्पक्षका लागि हिरासतमा पठाउने वा बाहिर बसेर नै मुद्दा लड्न पाउने सुविधा दिनेबारे अदालतले आदेश दिनेछ ।
प्रतिक्रिया