‘प्रतिवादी रवि लामिछानेको हकमा रवि लामिछानले उक्त रकम गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा सञ्चालनमा रहेको ग्लोबल आइएमई बैंकको खाता नम्बरबाट सन् २०२१ को जनवरी २२ मा जम्मा गरेको देखिँदा सहकारीको रकम निज प्रतिवादीको खातामा आउने र त्यहाँबाट अन्यत्र जाने कार्यसमेत भएको देखिएको र अन्य प्रतिवादीसँगको अन्तरसम्बन्ध तथा बैंक खाताको ट्रान्जेक्सनका आधारमा प्राप्त प्रमाणबाट निज प्रतिवादी अहिले नै कसुरदार रहेनछन् भन्न सकिने मनासिव आधार नदेखिए तापनि तत्काल माथि उल्लिखित प्रमाणबाट पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने नै हुँदा निज प्रतिवादी रवि लामिछानेबाट फौजदारी अपराध कार्यविधि संहिताको २०६८ र २०७२ समेतका आधारमा धरौटीको ६५ लाख लिई वा सो बराबरको जेथा वा बैंक जमानत लिई वा दिन नसकेमा दफा ८० बमोजिम थुनामा राख्नू,’ कास्की अदालतले भनेको छ। उनी कास्की अदालतबाट पनि धरौटीमा रिहा भएका थिए। लामिछाने अब चितवन र पर्सा जिल्ला अदालतमा आफैं उपस्थित हुनेछन्।कानुनविद् त्रिपाठीमाथि आक्रमण वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी काठमाडौं जिल्ला अदालतभित्रै कुटिएका छन्। त्रिपाठीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले अदालतभित्रै आक्रमण गरेका हुन्। रविविरुद्धको मुद्दामा थुनछेक बहस सकिएपछि बाहिरिने क्रममा उनीमाथि आक्रमण भएको हो। उनीमाथि आक्रमण भएपछि सामाजिक सञ्जालमा रास्वपाको आलोचना भएको छ। त्रिपाठीमाथि आक्रमण गरेको विषयमा कानुनविद्हरूले आपत्ति जनाउँदै लामिछानेलाई यो प्रकरणले झन् कमजोर बनाएको जनाएका छन्। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई आक्रमण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। उनको पहिचान भने गोप्य राखिएको छ। रास्वपाले वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि जिल्ला अदालत काठमाडौं परिसरमा भएको हातपातमा पार्टीका कोही सदस्य संलग्न भएको पाइए कारबाही गरिने बताएको छ। पार्टी कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार उक्त विषयमा पार्टीको अनुशासन विभागको ध्यानाकर्षण भएको र सो घटनामा यदि दलको कुनै पनि सदस्यको संलग्नता भेटिएमा आवश्यक कारबाही हुनेछ। उनले यस किसिमको व्यवहार कानुनी शासन, सुदृढ राजनीतिक अभ्यास र न्यायप्रति विश्वास राख्ने राजनीतिक दलका लागि स्वीकार्य नहुने बताएका छन्। आजको नागरिक दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया