धरानमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

सोमबार, ०७ माघ २०८१
धरान । धरान उपमहानगरपालिका ११ मा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । आइतबार दिउँसो १ बजे प्रदेश १-०१-००१ क १२६१ नम्बरको मिनी ट्रकले ठक्कर दिँदा पैदल यात्री स्थानीय ८६ वर्षीय विर बहादुर लामिछानेको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा संलग्न सवारी साधन र चालक धरान ८ का ४८ वर्षीय सन्तवीर श्रेष्ठलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार