स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी जोशीलाई ५० लाख धरौटीमा छाड्न आदेश

सोमबार, ०७ माघ २०८१
काठमाडौँ : काठमाडौँमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशीलाई ५० लाख धरौटीमा छाड्न आदेश भएको छ । काठमाडौँ जिल्ला अदालतले उनलाई ५० लाख धरौटीमा छाड्न आदेश दिएको अदालतका श्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए । उनी यसअघि कास्की जिल्ला अदालतमा परेको सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा ८८ लाख धरौटी बुझाएर छुटेका थिए । सोही प्रकरणमा रास्वपाका सभापति रवि लामिछाने कास्कीमा ६५ लाख र काठमाडौँमा ६० लाख बैंक ग्यारेन्टी धरौटी तिरेर रिहा भइसकेका छन्। जोशी भने ढिला गरी काठमाडौँ अदालतमा उपस्थित भएका हुन् । उनीविरुद्धको मुद्दामा काठमाडौँ जिल्ला अदालतले ५० लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार