खाली गाग्री प्रहरीले खोस्यो, सिंहदरबारमा रित्तै छिरे मेयर साम्पाङ्ग

मंगलबार, ०८ माघ २०८१
काठमाडौं । रित्तो गाग्री गेटमै प्रहरीलाई बुझाएर धरानका मेयर हर्क साम्पाङ्ग सिंहदरबार प्रवेश गरेका छन् । उनी संघीय सरकारले धरानको खानेपानी समस्या समाधान नगरेकाले दबाब दिन भन्दै सोमबार रित्तो गाग्री बोकेर काठमाडौं आएका थिए । मंगलबार धरानवासीको पानीको समस्या समाधानको माग गर्दै मेयर साम्पाङ खानेपानी मन्त्रीलाई भेट्न सिंहदरबारस्थित मन्त्रालयमा पुगेका हुन् । उनी रित्तो गाग्री बोकेर सिंहदरबार प्रवेश गर्न लागेका थिए । साम्पाङको गाग्री भने प्रहरीले खोसेको छ । उनी धरानवासीको खानेपानीको समस्या दीर्घकालीन समाधान गर्न माग गर्दै मन्त्रालयमा छलफलमा छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार