२०१५ सालदेखि २५ स्वतन्त्र सांसद

शुक्रबार, १६ मंसिर २०७९
गत स्थानीय तहको निर्वाचन पछि स्वतन्त्र उम्मेदवारको लहर चल्यो । त्यो लहर स्थानीय तहको निर्वाचन पश्चात भएको प्रतिनिधिसभाको निर्वाचनमा पनि देखियो । मंसिर ४ गते भएको आमनिर्वाचनमा प्रतिनिधिसभामा ८६७ जना स्वतन्त्र उम्मेदवार खडा भए । तर ति उम्मेदवार मध्ये ५ जनाले मात्र सांसद बन्ने अवसर पाए वा जनाताले पत्याए । अन्यलाई जनाताले पत्याउन सकेनन् । ८६२ जनालाई यो पटकको लागि प्रतिनिधिसभा प्रवेसको ढोका बन्द गरिदिए । तर यसरी स्वतन्त्र उम्मेदवारले जितेको यो पहिलो घटना भने होईन । नेपालमा निर्वाचनको अभ्यास भएदेखि नै स्वातन्त्रले निर्वाचन जित्तै आएका छन् । विगत २०१५ सालदेखि मंसिर ४ मा सम्पन्न भएको निर्वाचन सम्ममा २५ स्वातन्त्र सांसद भैसकेका छन् । मंसिर ४ पछिको निर्वाचनमा रौतहट– ३ बाट प्रभु साह, मोरङ– ४ बाट योगेन्द्र मण्डल, सलार्ही– ४ बाट अमरेशकुमार सिंह, रौतहट– २ बाट किरणकुमार साह र बर्दिया– २ बाट लालवीर चौधरी छन् । २०१५ सालको चुनावमा ४ जना स्वतन्त्र उम्मेदवारले निर्वाचन जितेका थिए । जसमा हरिलाल चौधरी – क्षेत्र नम्बर ३७ सप्तरीबाट, रामदुलार राय यादव – क्षेत्र नम्बर ४६ असिमौद्राहाबाट, भीमप्रसाद श्रेष्ठ – क्षेत्र नम्बर ७३ जुम्ला र जयबहादुर महत क्षेत्री – क्षेत्र नम्बर ७४ जुम्लाबाट निर्वाचित भएको निर्वाचन आयोगको तथ्याङ्कले देखाउछ । त्यस्तै २०४८ सालको संसदीय निर्वाचनमा ३ जना स्वतन्त्र उम्मेदवारले निर्वाचन जितेको निर्वाचन आयोको तथ्याङ्कमा छ । जसमा राजदेव गोइत – सिरहा–४ बाट, गोविन्द चौधरी – रौतहट– ३ बाट र ओमकारप्रसाद गौचन – बाग्लुङ– ३ बाट प्रतिनिधिसभाको निर्वाचन जितेका थिए । २०५१ सालको मध्यावधि निर्वाचनमा ५ जना स्वतन्त्र उम्मेदवारले निर्वाचन जितेका थिए । जसमा महोत्तरी– ४ बाट शरदसिंह भण्डारी, मनाङबाट पाल्टेन गुरुङ, रुपन्देही– ४ बाट ज्योतेन्द्रमोहन चौधरी, डोल्पाबाट मोतीप्रसाद पहाडी, र बझाङ– २ बाट नरेशबहादुर सिंहले निर्वाचन जितेका थिए । २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा रौतहट– १ बाट बबन सिंह र सप्तहरी– ५ बाट सदरुल मिया हकले गरि २ जनाले स्वातन्त्र रुपमा निवाचन जितेका थिए । २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा पनि २ जना स्वातन्त्र उम्मेदवारले निर्वाचन जितेका थिए । महोत्तरी– ४ बाट चन्द्रेश्वर झा र कपिलबस्तु– २ बाट अतहर कमाल मुसलमानले जितेका थिए । २०७४ सालको आम निर्वाचनभने १ जना मात्र स्वातन्त्र उम्मेदवारले निर्वाचन जितेका थिए । जसमा थिए हुम्लाबाट छक्कबहादुर लामा ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार