अख्तियारलाई हर्क साम्पाङको जवाफ – एनसेल, वाइडबडीतिर नलागेर श्रमदान अभियानको खेदो नखन्नु

शुक्रबार, ११ माघ २०८१
धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जवाफी पत्र पठाएका छन्। धरानमा खानेपानी आयोजना निर्माणका क्रममा अनियमितता गरेको भन्दै उनीविरुद्ध अख्तियारमा उजूरी परेको थियो। उक्त उजूरीको विषयमा अख्तियारले सोधपुछ गरेपछि मेयर साम्पाङले जवाफी पत्र लेखेका हुन्। केन्द्र सरकारसँग धरानमा कोशी नदीको पानी ल्याइदिनु भनेर बिन्ती बिसाउँदा पनि नसुनेपछि आफू थोत्रो गाग्री लिएर सिंहदरबारसमेत पुगेको उनले पत्रमा उल्लेख गरेका छन्। केन्द्र सरकारले नसुनेपछि धरानबासीको जीवन बचाउनका लागि ४२ किलोमिटर टाढा कोकाहाबाट भीरपाखा, डाँडाकाँडा, उकाली ओराली गर्दै पानी ल्याउनु परेको उनको भनाइ छ। ‘…केन्द्र सरकारलाई कोशीबाट पानी ल्याइदिनु है भनेर वर्षौँ बिन्ती बिसाउँदा पनि नसुनेकोले अस्ती थोत्रे गाग्री लिएर सिंहदरबार पुगेँ। जनतालाई पानी चाहिएको छ है, तत्काल पानी चाहिएको छ। आश्वासन र कागजको खोस्टा होइन, पानी चाहिएको छ के! त्यसैले हाम्ले श्रमदान गर्नु परेको हौ… खोइ कुरा बुझ्या,’ अख्तियारलाई उनको जवाफ छ। आफूले यत्रो दुःख गर्दा पनि उजूरी दिने मान्छे को हो? भन्दै उनले आक्रोश पोखेका छन्। आफूले दुःख गरेको देखेर ताली बजाउनुको सट्टा श्रमदान अभियानको खेदो खन्ने काम भएको उनको भनाइ छ। उनले भनेका छन्,’बाइयत उजुरी लाउने मान्छेले कति वटा पाइप किनेर दियो? कति दिन श्रमदान गयो? को हो त्यो? बुझेर लेखिपठाउनु होला। धरानको हो कि धरान बाहिरको हो त्यो फटाहा? अचम्म लाग्छ यत्रो दुःख गर्दा नि ताली नबजाको देख्दा राज्यको ढुकुटी खर्चेर बनाएको मेलाम्ची, दमक टावर, ncell widebody जस्ता कुरातिर नलागेर श्रमदान अभियानको खेदो नखन्नु है, नखन्नु तिर्खाएका मानिसहरुको श्राप लाग्ला। पानी भनेको विकास होइन जीवन आधार, मानिसको आधारभूत आवश्यकता हो। पानीमा राजनीति गर्नु हुँदैन। पानी माग्न जनता त्यता आउलान् है फेरि।’ यस्तो छ पत्रमा उल्लेख पूरा विवरण harka_latter_akhtiyar_mQTzwT6qbR-1737709888.jpg

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार