इजरायलले आज ९० प्यालेस्टिनी बन्दी रिहा गर्दै

शनिबार, १९ माघ २०८१
तेल अभिव : इजरायलले आज ९० प्यालेस्टिनी बन्दी रिहा गर्ने भएको छ । गत सातादेखि सुरू भएको युद्बविराम कार्यान्वयनको क्रममा आज ९० जनालाई रिहा गर्ने भएको हो । इजरायली कैदीहरूको मिडिया कार्यालयका अनुसार आजीवन कारावासको सजाय भोगिरहेका ९ प्यालेस्टिनी कैदी र ८१ लाई लामो समयदेखि इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीहरू रिहा हुन लागेका हुन् । कतारको मध्यस्थतामा भएको युद्बविराम पछि पहिलो चरणमा कैदी बन्दी रिहा भइरहेका छन् । १५ महिना लामो युद्धविराम रोक्दै हमासले अहिलेसम्म एक दर्जन बढी कैदी रिहा गरिसकेको छ भने इजरायलले सयौं कैदी रिहा गरेको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार