अमेरिकाविरुद्ध क्यानडा र मेक्सिको एकजुट, करको बदला करबाटै दिने घोषणा

सोमबार, २१ माघ २०८१
काठमाडौं । क्यानडा र मेक्सिकोप्रति अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा नीति लिएपछि तिक्तता बढ्दै गएको छ । दुई राष्ट्रप्रति अमेरिकाले २५ प्रतिशत भन्सार शुल्क ९कर० लगाउने निर्णय गरेसँगै सम्बन्धमा तिक्तता देखिएको हो । करका विषयमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र मेक्सिकन राष्ट्रपति क्लाउडिया साइनबमबीच आइतबार फोन संवाद पनि भइसकेको छ । उनीहरुले आफ्ना देशविरुद्ध लगाइएको करको जवाफ पनि करकै माध्यमबाट दिने चेतावनी दिएका छन् । साथै उनीहरुले साझा सरोकारमा मिलेर काम गर्न र द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउन सहमति पनि जनाएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले क्यानाडाका केही आयात र सबै मेक्सिकन आयातहरूमा २५ प्रतिशत कर लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेको एक दिनपछि दुई नेताबीच फोन वार्ता भएको हो। त्यसलगत्तै मंगलबार सम्ममा ३० अर्ब क्यानाडियन डलर (२१ बिलियन अमेरिकी डलर) मूल्यको अमेरिकी सामानमा २५ प्रतिशत शुल्क लगाउनेछ घोषणा गरिसकेका छन् । त्यसको २१ दिनपछि अर्को घोषणा गर्ने उनले जनाएका छन् । क्यानाडाले एक हजार बढी सामानहरुमा २५ प्रतिशत कर लगाउनेबारे सूची पनि सार्वजनिक गरिसकेको छ । मंगलबारदेखि लागू हुने, पेय पदार्थ, सौन्दर्य प्रसाधन र कागज उत्पादनहरू सहित ३० बिलियन क्यानेडियन डलर बराबर मूल्यका अमेरिकी सामानहरूमा त्यस्तो कर लगाइने छ । दोस्रो चरणमा अर्को सूची घोषणा गर्ने क्यानाडाको तयारी छ । (सीसीटीभी प्लस)

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार