इटहरीमा मेयर–उपमेयरबीचको विवाद समाधान उन्मुख, केके भयो सहमति ?

विहीबार, २४ माघ २०८१
इटहरी : इटहरी उपमहानगरपालिकामा मेयर र उपमेयरबीचको विवाद समाधान उन्मुख भएको छ । बिहीबार भएको छलफलमा मौखिक रूपमा सहमति जुटेको इटहरी उपमहानगरपालिकाकी उपमेयर संगीता कुमारी चौधरीले जानकारी दिइन् । एक प्रकारको मौखिक सहमति भयो । आइतबार लिखित रूपमा सहमति हुन्छ, उनले भनिन्, प्रमुख प्रशासकीय अधिकृत ज्यू बिरामी भएकाले आइतबार लिखित सहमति हुने भएको हो । उनका अनुसार गत माघ ३ गते आफ्नो अध्यक्षतामा बसेको कार्यपालिका बैठक आङ्शिक रूपमा कार्यान्वयन हुनेछ । सअनुसार एमालेले जितेका वडाका सरूवा भएका कर्मचारीलाई नचलाउने र कार्यपालिकाले काम, कारबाहीको सिफारिस गरेका कर्मचारीलाई माफी दिने मौखिक सहमति भएको छ। उपमहानगरका मेयर हेमकर्ण पौडेल गत पुस २८ गते कर्मचारी सरूवा गरेर भारत गएका थिए । त्यसबेला कार्यवाहक मेयरको जिम्मेवारी पाएकी उपमेयर चौधरीले कर्मचारी सरूवा गर्दा पक्षपात गरेको भन्दै आफ्नो अध्यक्षतामा कार्यपालिका बैठक डाकेर ३ माघमा कार्यपालिका सदस्यको बैठकले उक्त निर्णय उल्टाएको थियो । यस्तै, प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहता र तत्कालीन प्रशासन महाशखा प्रमुख सञ्जीव खड्कालाई नै कारबाहीको लागि सिफारिस गरिएको थियो । त्यसपछि चर्कीएको विवाद उत्कर्षमा पुगेपछि नगरका योजना प्रभावित बनेका थिए । जसकारण ११ माघमा उपप्रमुख चौधरीसहित एमालेबाट निर्वाचित वडाध्यक्षहरूले प्रशासन महाशाखाका प्रमुख खड्काको कार्यकक्षमा तालाबन्दीसमेत गरेका थिए । तालाबन्दीका कारण सेवाग्राहीलाई सेवा प्रवाहमा समस्या भएको भन्दै मेयर पौडेलको निर्देशनमा बुधबार ताला फोडिएको थियो । त्यसपछि मेयरकै कार्यकक्षमा ताला लगाउने बताएका उपमेयरसहित एमाले जनप्रतिनिधिले बिहीबार छलफल गरी सहमति गरेका हुन् । सहमतिअनुसार मेहता र खड्कालाई माफी दिने चौधरीले बताइन् ।

प्रतिक्रिया

खेमराज सापकाेटा
लेखकको बारेमा
खेमराज सापकाेटा

सहायक समाचार सम्पादनको भूमिकामा रहेका सापकोटा समसामयिक विषयमा कलम चलाउँछन् ।

सम्बन्धित समाचार