‘प्रदेश प्रिमियर लिग’ फुटबल प्रतियोगिता सोमबारदेखि

शुक्रबार, २५ माघ २०८१
धरान : कोशी प्रदेशस्तरीय फुटबल प्रतियोगिता प्रदेश प्रिमियर लिग यही माघ २८ गते सोमबारदेखि धरान रंगशालामा सुरू हुने भएको छ । एन्फाको कोशी प्रदेश फुटबल संघद्वारा आयोजित प्रतियोगितामा कोशी प्रदेशका ११ जिल्ला च्याम्पियन फुटबल क्लबहरूबीच प्रतिस्पर्धा हुने शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिइयो । जिल्लाका क्लबहरूलाई नेपाली फुटबलको महत्वपूर्ण राष्ट्रिय लिग ‘ए’ डिभिजनका लागि खेल्ने अवसर प्रदान गर्न प्रदेश प्रिमियर लिग आयोजना गरिएको कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले बताए । फागुन ८ गतेसम्म सञ्चालन हुने लिग फुटबलमा कुल १६ खेल हुने उनले बताए । प्रिमियर लिगमा सहभागी ११ जिल्ला च्याम्पियन क्लबहरूबीच हुने प्रतियोगितामा दुई वटा पहिलो र दोस्रो हुने लिग विजेता क्लब अन्तर प्रादेशिक लिग फुटबलका लागि छनौट हुने आयोजकले जनाएको छ । प्रतियोगिताको चार समूहमा समूह ‘ए’ लोहोरुङ फुटबल क्लब संखुवासभा र पाँचथर युनाइटेड फुटबल क्लब पाँचथर रहेको छ । समूह ‘बी’ मा गाइघाट फुटबल क्लब उदयपुर, लैबरी फुटबल क्लब भोजपुर, सम्राट स्पोर्टिङ फुटबल क्लब मोरङ छन् । यसैगरी समुह ‘सी’ मा देउराली युवा क्लब धनकुटा, धाइजन चारआली फुटबल क्लब झापा, रेड हर्ष फुटबल क्लब इलाम छन् भने मुह ‘डि’ मा धरान फुटबल क्लब सुनसरी, प्रगतिशील युवा क्लब ताप्लेजुङ, बुइपा ११ फुटबल क्लब खोटाङ रहेका छन् । प्रिमियर लिगको सुपर ४ का लागि प्रथम पुरस्कार दुई लाख रुपैयाँ रहेको आयोजकले जनाएको छ । दोस्रो पुरस्कार एक लाख ५० हजार, तेस्रो १ लाख २५ हजार र चौथो पुरस्कार एक लाख रुपैयाँ रहेको छ । प्रतियोगितको उत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ पाउनेछन् । उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्डर र स्ट्राइकरले १५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रत्येक खेलमा म्यान अफ दि म्याच पुरस्कार पाँच हजार रुपैयाँ पाउनेछन् ।

प्रतिक्रिया

निशा राई
लेखकको बारेमा
निशा राई

सम्बन्धित समाचार