पाँचथरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

सोमबार, २८ माघ २०८१
पाँचथर : पाँचथरको याङवरक गाउँपालिका–१ च्याङथापु नजिक गौंथीली भीरमा भएको ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ। तिमतिम्बुबाट च्याङथापु बजारतर्फ आउँदै गरेको मे १ त ६८९४ नम्बरको ट्याक्टर सोमबार बिहान करिब ४:३० बजे अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। दुर्घटनामा परी याङवरक–१ टिम्बुरे निवासी २७ वर्षीय चालक दिनेश चौहानको घटनास्थलमै मृत्यु भएको हो। ट्याक्टर सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय पाँचथर र इलाका प्रहरी चौकी च्याङथापुबाट खटिएको टोलीले स्थलगत अध्ययन गरी मुचुल्का तयार पारिरहेको पाँचथरका प्रहरी प्रमुख डिएसपी कौशलकुमार बुढाथोकीले जानकारी दिएका छन्। चालकको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथर ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार