पैनीमा डुबेको अवस्थामा १७ वर्षीय निरौलाको शव फेला

सोमबार, २८ माघ २०८१
विराटनगर । मोरङको उर्लाबारीमा सोमबार बिहान पैनीमा डुबेको अवस्थामा १ जना किशोरको शव भेटिएको छ । उर्लाबारी नगरपालिका–२ जनटोलका १७ वर्षीय सनम निरौलाको शव पैनीमा डुबिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घरदेखि करिब १५ मिटर टाढा रहेको पानीको पानीमा डुबिरहेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । किशोरको मृत्युको कारण खुल्न सकेको छैन । यद्यपि, उनी छारे रोगको पुरानै बिरामी रहेको जानकारी प्रहरीले पाएको छ । छारे रोगले चापेका बेला पानीमा डुबेको र निस्कन नसक्दा मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान छ । किशोर बिहान ७ बजेतिर मृत फेला परेपछि स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए । इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर राकेश यादव नेतृत्वको टोलीले कानुुनी प्रक्रिया पूरा गरेर शवलाई पोस्टमार्टमका लागि मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा लगेको छ । प्रहरीले घटनाको थप अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार