सुनसरीमा भ्यानको ठक्करबाट स्कुटी चालकको मृत्यु

सोमबार, २८ माघ २०८१
सुनसरी : बराहक्षेत्र नगरपालिका–१ स्थित कोशीपुलमा भ्यानको ठक्करबाट स्कुटी चालकको मृत्यु भएको छ । आज चतराबाट धरानतर्फ आउँदै गरेको प्र.नं १–०२–००२च ५४७९ नम्बरको भ्यानले सोही दिशाबाट आउँदै गरेको प्र.नं १–०२–०५१ प ४९९५ नम्बरको स्कुटी चालकलाई ठक्कर दिँदा धनकुटा शहिदभूमी गाउपालिका–१ का २५ वर्षीय सुमन राई गम्भीर घाइते भएका थिए । घाइते राईको बराहक्षेत्र–१ स्थित उपचारको क्रममा दिउँसो १ः३५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिए । मृतकको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टमका लागि पठाइएको छ । ठक्कर दिइ भागेका भ्यान चालक उदयपुर बेलका नगरपालिका–३ का २१ वर्षीय सविन साह तेलीलाई इलाका प्रहरी कार्यालय चक्रघट्टीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार