काठमाडौं : मंगलबार एक लाख ७० हजारको आँकडा छोएको सुनको मूल्य आज २७ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजोको तुलनामा आज सुनको मूल्य घटेर कारोबार भएको हो।
मूल्य घटेसँगै बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको छ।
यसअघि मंगलबार सुनको मूल्य तोलामा १ लाख ७० हजार २०० रुपैयाँ कायम भएको थियो।
मंगलबार तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज घटेर १ हजार ९३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
प्रतिक्रिया