सुनचाँदीको मूल्य बढ्यो, तोलको कति ?

विहीबार, ०१ फागुन २०८१
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा बिहीबार छापावाल सुनको मूल्य तोलामा २३ सय रुपैयाँले बढेको हो । जसअनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६९ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको थियो । यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ ।  बुधबार तोलामा १ हजार ९३० रुपैयाँमा कारोवार भएको चाँदी आज ३५ रुपैयाँले बढेर १ हजार ९६५ रुपैयाँमा कारोवार भैइरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार