बीपी राजमार्गको काममा ढिला भएको स्वीकार

शुक्रबार, ०२ फागुन २०८१
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बीपी राजमार्गको काम ढिला भएको स्वीकार गरेका छन् । शुक्रवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले असोजमा भत्किएका सडकहरू अहिलेसम्म नबनेकोप्रति धेरै प्रश्न उठेको भन्दै निर्माण कामहरू जारी रहेपनि काममा केही ढिला भएको बताए । उनले भने, ‘मन्त्रालयले भौतिक पूर्वाधारको क्षेत्रमा परिवर्तन ल्याउनको लागि कामहरू भइरहेका छन् । असोजमा भत्किएका सडकहरू अहिलेसम्म नबनेको कुराहरू उठेको छ । नबनेको अवस्था त होइन, भत्किएका सडकहरू बनाउने कामहरू केही न केही त भइरहेको छ । आवतजावत नै बन्द हुने अवस्था सिर्जना भएको छैन । आठ सय भन्दा धेरै ठाँउहरु अवरुद्ध भएका थिए । ती ठाँउहरुमा निर्माणका कामहरू पनि भएका छन् । तर सबैले देख्ने भनेको बीपी राजमार्ग नै हो, त्यहाँ काम ढिला भएको कुरा स्वीकार गर्छौ ।’ यसको साथै, उनले राजमार्ग निर्माणको कामहरू छिटो गर्नको लागि ल्याएको अध्यादेशको पनि विरोध भएको भन्दै कानुनी समस्याहरूले गर्दा पनि ढिला भएको बताए । उनले भने, ‘राजमार्ग निर्माणको विषयमा अर्थसँग बारम्बार भइरहेको छ । तर पनि कुन मोडेलबाट जाने भन्ने कुरामा देशका कानुन नियमलाई तत्कालै सम्बोधन गर्न पनि नसकिने, अध्यादेश ल्याउँदा त्यसकै विरोध हुने अवस्था छ । कानुनी समस्याहरू पनि रहेको हुनाले पनि ढिला भएको छ ।’  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार