काठमाडौं : लेबनानमा नेपाली सेनाका उपरथी तथा राष्ट्रसंघीय शान्ति सेनाका निवर्तमान उपकमान्डर चोकबहादुर ढकालमाथि आक्रमण गर्ने २५ जना पक्राउ परेका छन् ।
आक्रमणमा ढकालसहित दुई शान्ति सेना घाइते भएका थिए ।
“यी बन्दीहरूले आक्रमण गरेका हुन् भन्ने होइन, तर यसको जिम्मेवार को हो भन्ने अनुसन्धानले देखाउँछ,“ उनले थपे ।
उक्त आक्रमणमा आफ्नो मिसन सकेर घर फर्किँदै गरेका नेपाली नागरिक तथा निवर्तमान फोर्स कमाण्डर नेपाली सेनाका उपरथी चोकबहादुर ढकाल घाइते भएका छन् ।
साथै, लेबनानस्थित संयुक्त राष्ट्रसङ्घीय अन्तरिम बल (युनिफिल) ले आफ्नो एउटा गाडीमा आगजनी गरेपछि छानबिन गर्न आग्रह गरेको छ ।
प्रतिक्रिया