खोटाङको हलेसी बजारमा आगलागी

आइतबार, ०४ फागुन २०८१
खोटाङ : खोटाङको हलेसी बजारमा आगलागी भएको छ । स्थानीय पदम राईको हार्डवेयर पसलमा रहेको ग्यास स्टोरबाट आगलागी भएको हो । उनको घरमा रहेको निर्धन उत्थान लघुवित्तको कार्यालय पनि पूर्ण रूपमा जलेको छ। होटल हलेशी दर्शन रहेका प्रकाशचन्द्र गिरी र ओइराख राईको कल्याण होटलमा पनि आगलागी भइरहेको छ । जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी प्रतिक विष्टले सदरमुकाम दिक्तेलबाट नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी सहितको टोली जाँदै गरेको बताए। अहिले स्थानीयले घरघरमा रहेका रिजर्भ ट्यांकीबाट पानी तानेर आगो निभाउने प्रयास गरिरहेका छन्। आगो नियन्त्रणबाहिर भएकाले थप क्षति हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार