झापाको क्रसर उद्योगमा टिपरको ठक्करबाट एक मजदुरको मृत्यु

आइतबार, ०४ फागुन २०८१
झापा : झापाको क्रसर उद्योगमा टिपरको ठक्करबाट एक मजदुरको मृत्यु भएको छ । झापाको अर्जुनधारास्थित मधुगिता क्रसर उद्योगमा टिपरको ठक्करबाट एक मजदुरको मृत्यु भएको हो । मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका २ का अन्दाजी २५ वर्षीय मोहन किस्कु रहेका छन् । को १ ख ७०१४ नम्बरको टिपरले मिक्सगिटी अनलोड गरी अगाडि बढ्ने क्रममा उनलाई टिपरले ठक्कर दिएको थियो । ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर चालक मोरङ उर्लाबारी नगरपालिका २ का ४१ वर्षीय गुमानध्वज खड्कालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार