तीन वर्षअघि आजैको दिन (फागुन ७, २०७९)मा प्रदेश खबर डिजिटल पत्रिका पाठकमाझ ल्याएका हौँ ।
नयन एडभरटाइजिङ मिडिया प्रा.लि. द्वारा सञ्चालित डिजिटल अनलाइन पत्रिका (प्रदेश खबर)का लागि आज नयाँ उर्जा, जोश, जाँगर थपेसँगै हर्षको अनुभूतिसमेत गराउँछ ।
प्रदेश खबर तेस्रो वर्ष प्रवेश गरेको सुखद अवसरमा पाठक वर्ग, समाचार स्रोत, लेखक, कर्मचारी, विज्ञापनदाता, शुभेच्छुक एवं हामीसँग जोडिनुभएका सबैप्रति हृदयतः हार्दिक आभार प्रकट गर्दछौँ ।
छोटो समयको अवधिमा नै प्रदेश खबरले व्यावसायिक पत्रकारितालाई संस्थागत गर्नका निम्ति पैरवी गर्दै आएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सशक्त रूपमा आवाज उठाउने हाम्रो दृढ सङ्कल्प छ ।
हामीले प्रारम्भ गरेको यात्राको दोस्रो वर्ष पूरा गरिरहँदा ग्रामीण क्षेत्रबाट सुरु भएको हाम्रो यात्रा अहिले कोशी प्रदेशको मात्रै नभएर राष्ट्रकै प्रतिनिधि बन्ने अवस्थामा छ भन्ने हाम्रो दाबी छ ।
आज प्रजातन्त्र दिवस । प्रजातन्त्र दिवसकै अवसर पारेर हामीले यस अनलाइनको प्रारम्भ गरेका हौँ । एकतन्त्रीय राणा शासनको अन्त्य भएको दिन पनि हो ।
वीरहरूको त्याग र बलिदानले एक सय चार वर्षदेखि निरंकुशताको साङ्लोमा बाँधिएका नेपाली जनताले उन्मुक्ति पाएको त्यो दिनको स्मरणमा प्रत्येक वर्ष प्रजातन्त्र दिवस मनाउने गरिन्छ । त्यही दिनले नेपालीको सार्वभौम सम्पन्न नागरिकको परिचय स्थापित भयो ।
२००७ सालको क्रान्तिको समाप्तिपछि परिवर्तनका नाममा भएका आन्दोलनहरूले प्रजातन्त्र ल्यायो, बहुदलीय पद्धति र पछिल्लो समय गणतन्त्र पनि ल्यायो ।
यद्यपि, नेपाली जनताले त्यहाँदेखि आजसम्म अधिकारका लागि कठिन सङ्घर्ष गरेका छन् । तर, अपेक्षाअनुसार जनता सार्वभौम सत्ता सम्पन्न हुन सकिरहेका छैनन् ।
यसैलाई मनन गर्दै दुई वर्षअघि आजैकै दिनबाट हामीले जनताको सूचना प्राप्त गर्न पाउने नैसर्गिक अधिकारलाई स्थापित गर्न प्रदेश खबर अनलाइन न्यूज पोर्टल डिजिटल पत्रिका प्रकाशनमा ल्याएका हौँ ।
लोकतान्त्रिक गणतन्त्र, संघीयता, समानुपातिक निर्वाचन प्रणाली, धर्मनिरपेक्षता, सुशासन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति हामी कटिबद्ध रहँदै आएका छौँ ।
पछिल्लो समय भ्रामक र द्वेष फैलाउने किसिममा सामाग्रीहरूको प्रचार भइरहेको समयमा यसलाई चिर्नका निम्ति चुनौती छ । हामी जहिल्यै पनि सत्य, तथ्य, निष्पक्ष र वस्तुनिष्ठ पत्रकारिताका निम्ति प्रतिबद्द छौँ ।
खासगरी स्थानीय स्तरका समाचारलाई पस्कने बलियो सञ्चारमाध्यमका रूपमा स्थापित हुने हाम्रो अभ्यास छ ।
यसैगरी स्थानीय, प्रदेश र संघीय सरकारलाई पनि हामीले खबरदारी गरिरहेका छौँ । राम्रा कामको प्रोत्साहन र नकारात्मक गतिविधिलाई सच्याउनका निम्ति हामीले जहिल्यैपनि खबरदारी गरिरहनेछौँ ।
अन्त्यमा, प्रदेश खबर तेस्रो वर्ष प्रवेश गरेको सुखद क्षणमा हाम्रा समस्त पाठक, विज्ञापनदाता, सञ्चारकर्मी, कर्मचारी, शुभचिन्तक लगायत हामीसँग जोडिनुभएका सबैजनामा हार्दिक आभार प्रकट गर्दछौँ ।
प्रतिक्रिया