इटहरी : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रदेश खबर डटकम तेस्रो वर्षमा प्रवेश गरेको सुखद अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
बुधवार एक सन्देशमार्फत राष्ट्रको आकाङ्क्षालाई पूरा गर्न निष्पक्ष, जिम्मेवार र सत्यपरक पत्रकारिताको महत्त्वपूर्ण भूमिका रहेको घिमिरेले उल्लेख गरे ।
‘प्रदेश खबरले आफ्नो पत्रकारितामार्फत समाजमा सामाजिक न्याय, पारदर्शिता, सुशासन र समृद्धिको अभियानलाई सशक्त रूपमा अघि बढाउने विश्वास गरेको छु,’ सन्देशमा भनिएको छ ।
प्रदेश खबरले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा बुधवार इटहरीमा ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’को आयोजना समेत गर्दैछ ।
जहाँ १३ विधाका उत्कृष्ट १३ जनालाई सम्मान गरिने नयन एड्भरटाइजिङ मिडिया प्रा.लि.का अध्यक्ष पवन अधिकारीले जानकारी दिए ।
सभामुख घिमिरेले राष्ट्रिय प्रजातन्त्र दिवसले सम्पूर्ण नेपाली नागरिकलाई शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय सङ्कल्पप्रति प्रतिबद्ध रहन प्रेरणा प्रदान गरोस् भन्ने कामना समेत गरेका छन् ।
यस अवसरमा उनले आफू प्रेस स्वतन्त्रताको संरक्षण र सम्बद्र्धनप्रति प्रतिबद्ध रहेको जानकारी गराए ।
आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी राष्ट्रिय प्रजातन्त्र दिवस समेत मनाईँदैछ । प्रजातन्त्र दिवसकै दिन प्रदेश खबरले आफ्नो वार्षिकोत्सव मनाउँदै आएको छ ।
प्रतिक्रिया