इटहरी : ‘कोशी एक्सिलेन्स अवार्ड–२०८१’ लाई शुभकामना दिँदै नेपाल सरकारका सञ्चार तथा सूचना प्रबिधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।
बुधवार शुभकामना सन्देशमार्फत मन्त्री गुरुङले सामाजिक परिवर्तन, विकास, सुशासन, स्वच्छता र पारदर्शिताको यस अभियानलाई जनसमक्ष विस्तार गर्न सञ्चार जगतले महत्त्वपूर्ण भूमिका खेलेको बताए ।
‘अहिले गाउँ, बस्ती तथा टोल टोलमा सञ्चारको पहुँच पुगेको छ । हरेकले सहज र सरल तरिकाले सूचना प्राप्त गरिरहेका छन्, यो नै अहिलेको ठूलो उपलब्धि हो । समय परिवर्तनसँगै अब सञ्चार माध्यमले पनि परिमार्जित र परिष्कृत हुँदै जानुपर्ने आवश्यकता छ,’ उनले सन्देशमा भनेका छन् ।
इटहरी उपमहानगरपालिका वडा नं. ६ मा रहेको नयन एड्भरटाइजिङ मिडिया प्रालिद्धारा सञ्चालित डिजिटल पत्रिका प्रदेश खबरले आफ्नो दोस्रो वार्षिकोत्सवका अवसरमा बुधवार ‘कोशी एक्सिलेन्स अवार्ड–२०८१’ को आयोजना गर्दैछ ।
जहाँ १३ विधाका उत्कृष्ट १३ जनालाई अवार्ड प्रदान गरिने मिडिया प्रालिका अध्यक्ष पवन अधिकारीले जानकारी दिए ।
सञ्चारमन्त्री गुरुङले ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ कार्यक्रमले आफूलाई खुसी तुल्याएको उल्लेख गर्दै कार्यक्रम सफलताको कामना समेत गरेका छन् ।
प्रतिक्रिया