विज्ञापन बोर्ड अध्यक्ष हुमागाईँले भने, ‘निष्पक्ष पत्रकारितामा प्रदेश खबरले भूमिका खेल्ने छ’

बुधबार, ०७ फागुन २०८१
इटहरी : विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले निष्पक्ष पत्रकारितामा प्रदेश खबरले भूमिका खेल्नेमा आफू विश्वस्त रहेको बताएका छन् । नयन एड्भरटाइजिङ मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल पत्रिका प्रदेश खबरको दोस्रो वर्ष पूरा गरी तेस्रो वर्ष प्रवेश गरेको उपलक्षमा सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् । ‘आज प्रजातन्त्र दिवस । प्रजातन्त्र दिवसको अवसरमा मुलुक प्रेस स्वतन्त्रताप्रति पूर्ण निष्ठावान् हुनेसमेत अवगत गराउँदछु । यस अवसरमा निष्पक्ष पत्रकारिताको आवश्यकता पर्ने र यसैमा केन्द्रित यस डिजिटल पत्रिका प्रदेश खबरले आफ्नो ठाउँबाट भूमिका खेल्ने मैले विश्वास लिएको छु,’ उनले उल्लेख गरेका छन् । प्रदेश खबरले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा बुधवार इटहरीमा ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’को आयोजना समेत गर्दै छ । जहाँ १३ विद्याका उत्कृष्ट १३ जनालाई सम्मान गरिने नयन एड्भरटाइजिङ मिडिया प्रा.लि.का अध्यक्ष पवन अधिकारीले जानकारी दिए । बोर्डका अध्यक्ष हुमागाईँले समेत कोशी एक्सिलेन्स अवार्ड २०८१ कार्यक्रमको भव्य सफलताको शुभकामना व्यक्त गर्दै सञ्चारकर्मी र कर्मचारी लगायत आबद्ध सबैलाई बधाई दिएका छन् ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार