इटहरी : नेपालमै सम्भावनाको खोजीमा सक्रिय रहेका युवा उद्यमी आयुष भगतलाई ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ मा स्टार्टप तर्फको अवार्ड प्रदान गरिएको छ ।
बुधवार इटहरीस्थित सोल्टी वेस्टेन्डमा भएको समारोहमा प्रमुख अतिथिसमेत रहेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले भगतलाई सो अवार्ड प्रदान गरेका हुन् ।
वि.सं. २०५५ माघ १७ गते जन्मिएका भगत स्वास्थ्य–प्रविधि उद्यमी भएर स्टार्टअप क्षेत्रमा अगाडि बढिरहेका छन् । भारतको आइ.आइ.आइ.टीबाट बी.टेक.इन.आइटी अध्ययन गरेका भगतले स्वास्थ्य क्षेत्रमा नयाँ परिवर्तन ल्याउने उद्देश्यका साथ विराटनगरमा क्यूरा हेल्थ स्थापना गरेका छन् ।
जसले विभिन्न प्रयोगशाला परीक्षणहरू, डाक्टर अपोइन्टमेन्ट बुकिङ, डाक्टरसँग अडियो/भिडियो कलमार्फत परामर्श र घरमै खोप सेवा प्रदान गर्दै आएको छ ।
क्यूरा हेल्थमा हालसम्म पचास हजारभन्दा बढी मानिसहरू जोडिएका छन् भने २५ हजार भन्दा बढी बिरामीलाई विभिन्न स्वास्थ्य सेवाहरू प्रदान गरिसकेको उनले बताए ।
उनी स्वास्थ्य सेवामा आम मानिसले सहज र पहुँच पु¥याउनुपर्ने बताउँछन् ।
‘नेपालमा अवसर छैन’ भन्ने सोच नै नेपालका लागि सबैभन्दा ठूलो बाधा रहेको विचार राख्ने भगतलाई ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ मा ‘स्टार्टअप’ विधाको अवार्ड प्रदान गरिएको नयन एड्भरटाइजिङ मिडिया प्रा.लिका अध्यक्ष पवन अधिकारीले जानकारी दिए ।
उक्त मिडिया प्रा.लिद्धारा सञ्चालित प्रदेश खबर डटकमको दोस्रो वार्षिकोत्सवको अवसरमा ‘कोशी एक्सिलेन्स अवार्ड’को आयोजना गरिएको हो । जहाँ १३ विद्याका उत्कृष्ट १३ जनालाई अवार्ड प्रदान गरिएको छ ।
अवार्ड प्राप्त गर्ने व्यक्तिहरूको छनोटका लागि निर्णायक समितिसमेत राखिएको थियो ।
प्रतिक्रिया