‘कोशी एक्सिलेन्स अवार्ड’ : अनाथ र असहायका ‘औषधी’ गीता गौतमलाई सामाजिक विधाको अवार्ड

बुधबार, ०७ फागुन २०८१
इटहरी । अचेल मानवीय मूल्य र मान्यता हराएर गएको छ । निःस्वार्थ भाव कमैमा पाइन्छ । अझ समाजका अनाथ र असहायको पीडामा मल्हम लगाउने नगन्य वा अपवादमा मात्र भेटिने गर्छन् । यसरी व्यक्तिगत खुसी र रहरलाई तिलाञ्जली दिएर इटहरीकी ७४ वर्षकी गीता गौतमले सालनाल सहित भेटिएका, बाबुआमा नभएका र बेवारिसे बच्चालाई इटहरीकै वडा नं. ४ मा निः सहाय अनाथ आश्रम सञ्चालन गरी बालबालिका हुर्काइरहेकी छन् । उनै गौतमलाई ‘कोशी एक्सिलेन्स अवार्ड’मा सामाजिक विधाको अवार्ड प्रदान गरिएको छ । बुधवार इटहरीस्थित सोल्टी वेस्टेन्डमा भएको समारोहमा प्रमुख अतिथिसमेत रहेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गौतमलाई ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ मा बैङ्किङ विधाको अवार्ड प्रदान गरेका हुन् । गीताका बाबु भारतमा जागिरे थिए । बाबुको दुर्घटनामा परेर मृत्यु भयो । आमालाई पनि डाकाले मा¥र्यो । त्यसपछि एक्लै बनेकी गीता भारतमै गान्धी मनिता आश्रममा पुगेको बताउँछिन् । भारतमै डेढ वर्षसम्म स्वास्थ्य क्षेत्र र ६ वर्षसम्म प्रहरी विभागमा जागिरे भएपछि इटहरीमा आश्रम खोल्न सोच आएको उनी बताउँछिन् । २०३८ साल वैशाख २९ गते देखि सुरू भएको आश्रमले त्यसयता निरन्तर बालबालिकाको क्षेत्रमा काम गर्दै आएको छ । बालबालिकाको सेवामा समर्पित, सयौँ छोराछोरीहरूकी आमाले सामाजिक क्षेत्रमा अतुलनीय योगदान दिएको भन्दै गीतालाई ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ मा सामाजिक विधाको अवार्ड प्रदान गरिएको नयन एडभरटाइजिङ मिडिया प्रा.लिका अध्यक्ष पवन अधिकारीले जानकारी दिए । उक्त मिडिया प्रा.लिद्धारा सञ्चालित प्रदेश खबर डटकमको दोस्रो वार्षिकोत्सवको अवसरमा बुधबार इटहरीमा ‘कोशी एक्सिलेन्स अवार्ड’को आयोजना गरिएको हो । जहाँ १३ विद्याका उत्कृष्ट १३ जनालाई प्रमुख अतिथिसमेत रहेका प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले अवार्ड प्रदान गरेका हुन् । अवार्ड प्राप्त गर्ने व्यक्तिहरूको छनोटका लागि निर्णायक समितिसमेत राखिएको थियो ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार