इटहरी : नबिल बैङ्कका सिइओ ज्ञानेन्द्रप्रसाद ढुङ्गानालाई बैङ्किङ अवार्ड प्रदान गरिएको छ ।
बुधवार इटहरी स्थित सोल्टी वेस्टेन्डमा भएको समारोहमा प्रमुख अतिथिसमेत रहेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले ढुङ्गानालाई ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ मा बैङ्किङ विधाको अवार्ड प्रदान गरेका हुन् ।
तीन दशकदेखि बैङ्किङ क्षेत्रमा क्रियाशील ढुङ्गानासँग नेतृत्वदायी भूमिकामा २५ वर्षभन्दा लामो अनुभव छ । नेपाल बङ्गलादेश बैङ्कको प्रमुख कार्यकारी अधिकृत, बैंकर्स एसोसिएसनको अध्यक्ष, नेपाल क्रेडिट एन्ड कमर्स बैङ्कको महाप्रबन्धक तथा नेपाल राष्ट्र बैङ्कको निर्देशक पदमा समेत रही काम गरेको अनुभव बटुलेका उनले भारतबाट चार्टर एकाउन्टेन्सी र अस्ट्रेलियाबाट सर्टिफिकेट पब्लिक एकाउन्टेन्ट तथा वित्तीय विश्लेषणमा स्नातकोत्तरको अध्ययन पूरा गरेका छन् ।
नेपालको बैङ्किङ क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएबापत उनलाई सन् २०२२ मा प्रतिष्ठित प्रबल जनसेवा श्री पदकबाट सम्मानित गरिएको छ ।
सन् २०१३ मा नेपाल म्यानेजमेन्ट एसोसिएसनबाट म्यानेजर टु वाच र २०१५ मा म्यानेजर अफ द एयर अवार्ड प्राप्त गरेका उनले वर्तमान आर्थिक समस्याको समाधानका निम्ति सक्रिय रहेका छन् ।
सामान्य परिवारमा जन्मिएर पनि अथक मिहिनेत र परिश्रमका कारण बैङ्किङ क्षेत्रमा छुट्टै स्थान बनाएका ढुङ्गानालाई कोशी एक्सिलेन्स अवार्ड २०८१ मा बैङ्किङ विधाको अवार्ड प्रदान गरिएको नयन एड्भरटाइजिङ मिडिया प्रा।लिका अध्यक्ष पवन अधिकारीले जानकारी दिए ।
उक्त मिडिया प्रा।लिद्धारा सञ्चालित प्रदेश खबर डटकमको दोस्रो वार्षिकोत्सवको अवसरमा ‘कोशी एक्सिलेन्स अवार्ड’को आयोजना गरिएको हो । जहाँ १३ विद्याका उत्कृष्ट १३ जनालाई अवार्ड प्रदान गरिएको छ । अवार्ड प्राप्त गर्ने व्यक्तिहरूको छनोटका लागि निर्णायक समितिसमेत राखिएको थियो ।
प्रतिक्रिया