मेची भन्सारले उठायो ७ महिनामा ८ अर्ब ८४ करोड राजस्व

विहीबार, ०८ फागुन २०८१
भद्रपुर । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको ७ महिनामा ८ अर्ब ८४ करोड ८६ लाख ९८ हजार राजस्व संकलन गरेको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलका अनुसार चालु आवको माघ महिनासम्ममा ९ अर्ब ६० करोड ९२ लाख १५ हजार राजस्व संकलन गर्ने  लक्ष्य थियो । गत आव २०८०/८१ को सोही अवधिमा राजस्व ८ अर्ब ९० करोड सात लाख ६७ हजार राजस्व संकलनको लक्ष्य रहेकामा त्यसमध्ये ७६ दशमलव १० प्रतिशत मात्रै राजस्व सङ्कलन भएको थियो । चालु आवको ७ महिनामा पेट्रोलियम पदार्थको आयतबाट  पाँच अर्ब २८ करोड १४ लाख २२ हजार राजस्व संकलन भएको छ । यसैगरी तरकारीको आयतबाट  ४४ करोड २५ लाख ४२ हजार, यातायातका साधन र तिनका पाटपुर्जाबाट ? २४ करोड ७५ लाख ९१ हजार, दलहनबाट  १५ करोड ९६ लाख ८५ हजार, खनिज उत्पादनबाट  १५ करोड ७३ लाख २५ हजार राजस्व संकलन भएको सूचना अधिकारी कँडेलले जानकारी दिए । चालु आवको सात महिनामा १६ अर्ब चार करोड ४८ लाख ६३ हजार बराबरको वस्तु निर्यात हुँदा नौ करोड २२ लाख २९ हजार र २७ अर्ब ३४ करोड ५३ लाख ८१ हजार बराबरको वस्तु आयात गरिँदा ८ अर्ब ७५ करोड ६४ लाख ६३ हजार राजस्व संकलन भएको छ ।

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।

सम्बन्धित समाचार