काठमाडौं : नेपालमा अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक संघले आजदेखि लागू हुने गरी प्रतिक्रेट ३० देखि ३५ रुपैयाँका दरले अण्डाको मूल्य घटाएको हो ।
बजारमा ठूलो, मध्यम र एक्स-एल गरी तीन आकारका अण्डा आउँछन् । मूल्य घटेसँगै अब मध्यम अण्डा प्रतिक्रेट तीन सय ५०, ठूलो अण्डा तीन सय ७० र एक्स-एल अण्डा प्रतिक्रेट तीन सय ८५ रुपैयाँ पर्ने भएको संघले जानकारी दिएको छ ।
यसअघि ठूलो अण्डा चार सय, मध्यम तीन सय ८५ र एक्स-एल अण्डा चार सय १५ रुपैयाँ थियो । उत्पादक तथा व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा बढेकाले मूल्य घटाउन परेको संघको भनाई छ ।
प्रतिक्रिया