प्रकृति लम्साल मृत्यु प्रकरण : कोशीको सदनमा उठ्यो आवाज

शुक्रबार, ०९ फागुन २०८१
मोरङ । कोशी प्रदेशका सांसदहरूले भारतको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी ९केआइआइटी० मा स्नातक तहमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको शङ्कास्पद मृत्युका संम्बधमा कोशी प्रदेश सभामा आवाज उठाएका छन् । शुत्रबारको बैठकको शून्य समयको बोल्दै राप्रपा सांसद गोपाल बहादुर विश्वकर्माले घटनापछि सरकारले कुनै पनि कूटनीतिक पहल नगरेको बताए । आफ्ना देशका विद्यार्थी र परिवारलाई समस्या पर्दा सरकार कानमा तेल हालेर बसेको उनको आरोप छ । यस्तै सांसद निर्मला लिम्बुले पनि विदेशमा अध्ययन गर्ने विद्यार्थीहरूका सम्बन्धमा कूटनीतिक योजना बनाउन आवश्यक रहेको बताइन् । भुवनेश्वरस्थित कलेजको होस्टलेमा बसेर बी–टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल गत आइतबार मृत अवस्थामा भेटिएकी थिइन् । उनको शव भने नेपाल ल्याएर परिवारले दाहसंस्कार गरिसकेका छन् ।

प्रतिक्रिया

खेमराज सापकाेटा
लेखकको बारेमा
खेमराज सापकाेटा

सहायक समाचार सम्पादनको भूमिकामा रहेका सापकोटा समसामयिक विषयमा कलम चलाउँछन् ।

सम्बन्धित समाचार