मोरङको जिल्ला अधिवेशनका लागि प्रतिनिधि चयन गर्दै एमाले

शनिबार, १० फागुन २०८१
विराटनगर । मोरङको जिल्ला अधिवेशनका लागि नेकपा (एमाले)ले आज (शनिबार) प्रतिनिधि चयन गर्दै छ । पार्टीको १० औं जिल्ला अधिवेशनको मिति फागुन १७ देखि १९ गतेसम्मलाई तोकिएको छ । उक्त अधिवेशनका लागि प्रतिनिधि छनोट गर्न २०३ वटा निर्वाचन क्षेत्र तय गरिएको छ । मोरङका १५९ वडा, २३ जनसंगठन, १७ वटा जातीय मुक्ति समाज, ३ वटा पेसागत र १ सम्पर्क मञ्चको निर्वाचन क्षेत्र रहेको रहेको । प्रतिनिधि चयन गर्न सबै निर्वाचन क्षेत्रमा समिति बनाइएको छ । भूगोल र जनसंगठन निर्वाचन क्षेत्रको प्रमुख पार्टीको जिल्ला उपाध्यक्ष शान्तिकुमारी लिम्बूलाई तोकिएको छ । विराटनगर महानगरको १९ वटै वडाका निर्वाचन सम्पन्न गर्न तारानाथ निरौला र पेसाकर्मीको निर्वाचन सम्पन्न गर्नका लागि रुपनारायण मिश्रलाई जिम्मेवारी दिइएको छ । प्रतिनिधि चयन गर्न आज बिहान १० बजेदेखि ४ बजेसम्मको समय तोकिएको छ । माले केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरेले मोरङका १७ वटै स्थानीय तहका १५९ वडा, २३ वटा जनसंगठन, नेपाल उत्पीडित जातीय मुक्ति समाजका १७ वटै नगर–गाउँ कमिटी, मोरङ–काठमाडौं सम्पर्कबाट एकैदिन प्रतिनिधि चयन हुने बताए । उनका अनुसार २०३ वटै निर्वाचन क्षेत्रबाट ९२१ जना प्रतिनिधि चयन हुने छन् । प्रतिनिधि चयनका लागि २५ जना संगठित सदस्य बराबर ३ सिटको प्रबन्ध गरिएको छ । प्रतिनिधिमा कम्तीमा ३३ प्रतिशत महिला, १५ प्रतिशत युवा र १० प्रतिशत दलित अनिवार्य गरिएको छ । अनुसूची १ अनुसार जनसंगठनहरुमा ५ जना र अनुसूची २ अनुसार जनसंगठनमा ३ जना प्रतिनिधि छनोटको व्यवस्था गरिएको जानकारी घिमिरेले दिए । सम्पर्क मञ्चबाट ५ जना छनोट भएर आउने छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार