सोमबार बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

सोमबार, १२ फागुन २०८१
काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो । कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ७० हजार तीन सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पाँच सय रुपैयाँले बढेर एक लाख ७० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यता चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १९८५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ४६ हजार ४ सय ३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १७०२ रुपैयाँ कायम गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार