भाषाविद् चूडामणि गौतमको निधन

मंगलबार, १३ फागुन २०८१
काठमाडौँ : भाषाविद् चूडामणि गौतमको निधन भएको छ । गौतमको ८१ वर्षको उमेरमा सोमबार साँझ उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । गौतमले लेखेको अंग्रेजी भाषाको ग्रामर प्रख्यात छ । उनलाई  ‘ग्रामर गुरु’ भनेर समेत चिनिने गरिन्थ्यो । अंग्रेजी भाषालाई पृष्ठभूमि बनाएका गौतमले ०७९ भदौ ११ गते ‘बृहत्तर नेपाली शब्दकोश’ विमोचन गरेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार